जुपिटरको क्लासिक एडिसन

- नेपाल संवाददाता

नेपालमा टीभीएसको जुपिटर स्कुटरको क्लासिक एडिसन लन्च भएको छ । जुपिटर क्लासिक १ सय १० सीसीको इन्जिनबाट सञ्चालित छ । यो स्कुटरमा पावर, पिकअप र माइलेजको राम्रो संगम भएको दाबी गरिएको छ । 

जुपिटर क्लासिकको इन्जिनले आठ ब्रेक हर्सपावरको शक्ति निकाल्छ । र, यसले ६० किलोमिटर प्रतिलिटरको हाराहारीमा माइलेज दिने दाबी गरिएको छ । यो स्कुटर ८५ किलोमिटर प्रतिघन्टाको अधिकतम स्पिडमा कुद्न सक्छ । 

यो स्कुटरले उच्च पर्फमेन्सका साथ आरामदायी यात्राको अनुभव गराउँछ । र, यही नै यसको मुख्य विशेषता पनि हो । यसमा राम्रो माइलेजका लागि इको मोड फिचर पनि छ । र, स्मार्टफोन चार्ज गर्नका लागि यूएसबी चार्जरको पनि व्यवस्था गरिएको छ । जुपिटर क्लासिक नेपालमा १ लाख ८९ हजार रूपियाँमा उपलब्ध छ 

 

प्रकाशित: पुस २४, २०७४