इन्स्टाग्राम लाइभमा अपडेट

- नेपाल संवाददाता

इन्स्टाग्रामले लाइभ भिडियो सेयर गर्न मिल्ने नयाँ अपडेट ल्याएको छ । हालै डाइरेक्ट म्यासेज फिचरलाई इन्स्टाग्राम एपबाट हटाएर छुट्टै एपको रुपमा परीक्षण गर्ने इन्स्टाग्रामले जनाएको थियो । नयाँ अपडेट अनुसार प्रयोगकर्ताले लाइभ भिडियो डाइरेक्ट म्यासेजमार्फत नै सेयर गर्न सक्नेछन् । 

आफ्नै लाइभ भिडियो वा अरु कसैको भिडियो म्यासेजमार्फत सेयर गर्न मिल्नेछ । तर, त्यो भिडियो लाइभ भएमा मात्र म्यासेज पाउने व्यक्तिले हेर्न मिल्नेछ । म्यासेज बक्सबाटै लाइभ भिडियो हेर्न मिल्नु यसको अर्को राम्रो पक्ष हो । म्यासेजमार्फत भिडियो सेयर गर्न मिल्ने भएपछि इन्स्टाग्रामका लाइभ भिडियोहरु अझै धेरै प्रयोगकर्तामाझ पुग्ने अनुमान गरिएको छ । 

इन्स्टाग्राममै कमेन्टमा पनि अपडेट आएको छ । प्रयोगकर्ताले कुनै इन्स्टाग्रामका कुनै पोस्टमा अरु पोस्टको तुलनामा बढी समय लगाएर हेरेको खण्डमा त्यहाँ कमेन्ट गर्ने अप्सन आफैँ देखिन्छ ।

 

प्रकाशित: पुस १९, २०७४