हाँस्न नसकेका हसन

- नेपाल संवाददाता

आफैँ लगानी गरेर हिरो हुनेको कमी छैन हामीकहाँ । विडम्बना ! तीमध्ये अधिकांशको सपना तुहिन्छ । यस्तै भएको छ, हसन खानको हकमा पनि । हसनले आर्यन सिग्देललाई लिएर अलबिदा बनाए, आफू पनि खेले । तर, दर्शकले प्रदर्शनको सुरुआतबाटै फिल्मलाई ‘ अलबिदा’ भनिदिए । फिल्मको आधा लगानी पनि उठेन । बरु आर्यनसँग सम्बन्धमा पूर्णविराम लाग्यो । तैपनि, हसनले हरेस खाएनन् । अढाई वर्षको अन्तरालपछि रोमियो बनाए । मुख्य भूमिकामा आफैँले खेले । प्रमोसनमा खास कन्जुस्याइँ गरेनन् । तर, व्यापार अलबिदाको भन्दा नाजुक रह्यो । फिल्मले न सिंगल थिएटरमा दर्शक बटुल्यो, न मल्टिप्लेक्समा । अभिनय करिअर त चम्किएन नै, लगानी पनि डुब्यो । न बाहिरी ब्यानरले पत्याउँछन् । अनि, कसरी हाँस्नु त हसन ?

 

प्रकाशित: पुस १९, २०७४