जित कसको ? जोकरको !

- लाल कुमाल

५२ पत्ती हुन्छन् तासमा । जोकरचाहिँ दुइटा मात्रै । जोकरको विशेष क्षमता के भने उनीहरु जता पनि मिल्छन् । राजनीतिका एक्ला जोकर देखिएका छन्, उपेन्द्र यादव । मानौँ, जित एक्का वा बास्साको नभएर जोकरकै भएको छ । उनले कांग्रेसको भोटले चुनाव जिते, अब उठबस हुन थालेको छ वाम गठबन्धनसँग । घरी केपी ओलीसँग बैठक गर्छन्, घरी पीके दाहालसँग छलफल गर्छन् । सुनिएको छ– कुरा ओलीसँग गर्छन्, खबर प्रचण्डकहाँ पुर्‍याउँछन् । 

यो पनि सुनिएको छ कि मात्र एक अक्षर दायाँबायाँ भएकाले उनी झुक्किन्छन् रे ! केपीले बोलाएको हो कि पीकेले डाकेको ? 

वाम गठबन्धनको झ्याली पिटाइबीच संघीय समाजवादी फोरमको ‘साइज’ यति बढेको छ कि उपेन्द्र यादव कुनै न कुनै दिन ‘राइज’ हुनेवाला अनुमान छ । त्यो उनको दौडधुपले पनि देखाउँछ । यी नेता अंकगणितीय महफ्वका छन् । जनता जान्न चाहन्छन्– सरकारका पाँचवर्षे क्यालेन्डरमा उपेन्द्र के–के बन्छन् ? उपप्रधानमन्त्री बनेर केपी ओलीको भाषामा ‘ फेरि अर्कोपटक एसएलसी’ दिन्छन् कि एकैचाटि प्रधानमन्त्रीमा दरखास्त हाल्छन् ? आगे नेताजीकै इच्छा । जित कसको ? जोकरको !

प्रकाशित: पुस १९, २०७४