खुला विद्यालय

- नेपाल संवाददाता

रुकुमको तक्सेरामा अहिले तापक्रम माइनस तीन डिग्रीभन्दा तल झरेको छ । बिहान र बेलुका ठिहिर्‍याउने जाडो छ । दिउँसो पनि घाम नलाग्ने ठाउँमा एकैछिन टिक्नसमेत सकस छ । चिसो आतंककै कारण बालबालिकाहरु स्कुल जान लगभग छाडेका छन् । विद्यार्थीहरु गयल हुन थालेपछि यहाँका विद्यालय घाम लागेको खुला चौरमा कक्षा सञ्चालन गर्न बाध्य छन् । तस्बिरमा दिउँसोको पारिलो घाममा अध्ययन गरिरहेका मातृभूमि इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरु । 

शब्द/तस्बिर : मैत्या घर्ती मगर

प्रकाशित: पुस १९, २०७४