फेरि छायामा !

- नेपाल संवाददाता

रुद्रमा निखिल उप्रेतीसँग रोमान्स गर्न पाउँदा फुरुङ्ग थिइन्, सारा सिर्पाली । तर, जसै फिल्म रिलिज भयो, साराको सारा उत्साह उडेर गयो । फिल्मले न पैसा कमायो, न प्रशंसा । त्यसअगाडि निखिलसँग स्क्रिन सेयर गरेका अनु शाह, वेनिशा हमाललगायतका हिरोइनको हालत त्यसभन्दा भिन्न थिएन । कतिसम्म भने निशा अधिकारी र प्रियंका कार्कीलाई समेत निखिलसँगको सहकार्य फलदायी रहेन । कारण, एक्सन स्टार हुनुको नाताले फिल्मको केन्द्रमा हुन्छन्, निखिल । हिरोइन त सधैँ छायामा । यही तीतो नियतिको सिकार भइसकेकी सारा फेरि निखिलसँग देखिँदैछिन्, पिञ्जडा ब्याक अगेनमा । प्रचारप्रसारमा निखिल प्राथमिकतामा पर्ने भइहाले । सारालाई पनि बेवास्ता गरिएको छैन । तर, निखिलको छायाबाट उम्किएर दर्शकमाझ पर्न उनलाई फलामको चिउरा चपाएजस्तै हुनेमा चाहिँ शंकै

छैन । आखिर विगत त्यस्तै जो छ !

प्रकाशित: पुस १७, २०७४