अतृप्त आत्माहरू

- रुन्चे राइँलो

आत्मा एक : अब पाँच वर्ष कसैले नचियाए हुन्छ । मेरो एकलौटी हो ।

आत्मा दुई : देख्लास्, तँलाई एक मिनेट मात्र बस्न दिए त !

आत्मा तीन : होइन, किन झगडा ! मिलीजुली बसौँ, बाँडीचुँडी खाऔँ न !

आत्मा चार : हो त, आलोपालो गरौँ ।

टन्टै साफ् ।

आत्मा पाँच : कसरी हुन्छ, आलोपालो ? हात्ती र कछुवालाई बराबर भाग दिएर हुन्छ ! हात्तीलाई हात्तीकै आहारा चाहिन्छ, कछुवालाई कुछुवाकै ।

प्रकाशित: पुस १७, २०७४