साइतको कमाल

- छुल्याहा गुरु

अस्ति भर्खर एउटा मान्छे दुई हात जोडेर खुट्टै ढोगुँलाझैँ गरेर हाम्रो खेतको हिलोमै हाम फालेर आएको थियो । अनि, भकाभक खेतको धान काटिदिन थाल्यो । कहिले पछाडि क्यामेरातिर हेरेर ङिच्च हाँस्थ्यो, कहिले भन्थ्यो– ‘यसपल्ट भोट मलाई है !’ हिजो टीका–मालासहित कालो चस्मामा ठाँटिएर घोडामाथि पो झुल्कियो उही मान्छे । लु हेर्नूस् त, उसले चुनाव जितेर घोडा पुरस्कार पनि पाएछ ।

 खेतको त्यत्रो धान काट्दा हामीले नपाएको चिट्ठा केही मुठा धान काट्ने त्यही मान्छेलाई कसरी पर्‍यो त ? उसले जान्नेलाई देखाएर धानको मुठा च्याप्प समातेर साइतमै काट्यो, साइतमै क्यामेरातिर मुख फर्कायो । हामी मूर्खले यस्तो उपाय कहिल्यै गरेनौँ । मौकामा हीरा पनि फोड्नुपर्छ, हर काम साइतमा गर्नुपर्छ भनेर बूढापाका भन्थे । कहिल्यै टेरेनौँ । बूढाहरुको कुरा हावामा उडाउँथ्यौँ । हामी युगौँदेखि एकोहोरो खेती–किसानी मात्र गरिरह्यौँ, साइत कुसाइत कहिल्यै विचार गरेनौँ । त्यसैले सधँै गोरुजस्तै जोतिई मात्र रह्यौँ । अब त चेतेँ बा ! अलिअलि खर्च गरेर भए पनि ज्योतिषी हायर गरिन्छ, हर काम साइतमै गरिन्छ ।

प्रकाशित: पुस १२, २०७४