अब वान प्लस फाइभ टी

- नेपाल संवाददाता

वान प्लसको फाइभ टी स्मार्टफोन यही महिनाको अन्त्यसम्ममा नेपाली बजारमा आउन लागेको छ । वान प्लस फाइभ टी ठूलो बजेटको स्मार्टफोन हो । र, यसको मूल्य ६० देखि ७० हजार रूपियाँसम्म पर्ने अनुमान गरिएको छ ।

नेपालमा यो स्मार्टफोन ६४ र १ सय २८ जीबी क्षमतामा आउनेछ । र, यिनको र्‍यामको क्षमता क्रमश: ६ र आठ जीबीको हुनेछ । ६ इन्चको स्क्रिनसहितको वान प्लस फाइभ टीमा ओएलईडी डिस्प्ले छ । अहिले चल्तीका स्मार्टफोनमा जस्तै यसमा पनि डुअल रियर क्यामेरा प्रयोग भएको छ । यसमा रियर क्यामेराका लागि १६ र २० मेगापिक्सेलका दुई सेन्सर प्रयोग गरिएको छ । यसको फ्रन्ट क्यामेरा पनि १६ मेगापिक्सेलकै छ ।

एन्ड्रोइडको नुगट अपरेटिङ सिस्टममा आधारित रहेको वान प्लस फाइभ टीमा फिंगरप्रिन्ट स्क्यानर र फेस अनलक फिचर पनि रहेको छ ।

प्रकाशित: पुस १०, २०७४