सेती–सम्पत्ति

- शब्द/तस्बिर : श्रुति श्रेष्ठ

पोखरा, लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदी किनार मा बालुवा, गिट्टी ओसार्दै मजदुरहरु । नगर क्षेत्र हुँदै बग्ने यो नदी कतै गहिरिएर बग्छ त, कतै फैलिएर । आकार बदलेर बग्ने नदीले यस क्षे त्रमा वर्षायाममा ठूलो परिमाणमा बालुवा, गिट्टी थुपार्ने गर्छ । यसरी बगाएर ल्याएको बालुवा, गिट्टी खानीको भन्दा गुणस्तरीय हुन्छ । त्यसैले पोखरा र आसपास क्षेत्रका घर निर्माताहरुको पहिलो रोजाइमा यहाँको बालुवा नै पर्ने गर्छ । अन्य ठाउँको भन्दा महँगो मूल्यमा बिक्री हुने यहाँको नदीजन्य सामग्री हिउँद लागे पछि मजदुरहरुका लागि आम्दानीको गतिलो स्रोत बन्ने गरेको छ । 

 

प्रकाशित: पुस ३, २०७४