मतको मर्म

- पी चन्द्र न्यौपाने

माछापुच्छ्रे गाउँपालिका कास्की–८ का रामप्रसाद बास्तोला, ९६, को निधन भएको केवल आठ दिन मात्र भएको थियो । तर, २१ मंसिरमा सम्पन चुनावमा मताधिकार प्रयोग गर्न शोकलाई थाती राखेर शोकाकुल परिवार नै आए । घरबाट ६ किलोमिटर टाढा रहेको तारेबराह आधारभूत विद्यालयको मतदान केन्द्रसम्म उनीहरुलाई आइपुग्न दुई घन्टा लागेको  थियो । मत खसालेर फर्कन लागेका बास्तोलाका छोरा जगन्नाथ बास्तोलाले भने, “जे हुनु भै गयो । नयाँ सविधान कार्यान्वयन र स्थायित्व अनि प्रान्तीय संरचनालाई नयाँ जनादेश आवश्यक भएकाले परिवारका हामी १२ जना नै भोट हाल्न आएका हौँ ।” 

प्रकाशित: मंसिर २४, २०७४