चिया चिन्ता

- पर्वत पोर्तेल

बगानबाट चिया टिपेर लामबद्ध रुपमा कारखाना फर्कंदै गरेका गिरीबन्धु टी स्टेट बिर्तामोडका श्रमिकहरु । आर्थिक वर्ष ०७१/०७२ को बजेटमै सरकारले चियाको अक्सन सेन्टर सञ्चालन गर्ने निधो गरेको थियो । खास गरी निर्यातजन्य वस्तु चियाको अन्तर्राष्ट्रिय ब्रान्ड कायम गरी यसको पारदर्शी व्यापार गर्ने हेतुले अक्सन प्रणाली सुरु गर्न लागेको हो । तर, वर्षौंदेखि अपारदर्शी र अवैधानिक ढंगले चियाको व्यापार गर्ने केही उद्यमीहरुको व्यक्तिगत स्वार्थका कारण योजना बनेको चार वर्ष बित्न लाग्दा पनि अझै अधुरै छ ।

 

उता, भारतले भने नेपाली चियालाई आफ्नो उत्पादनको ‘ट्याग’ लगाएर अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाइरहेको छ । चिया उत्पादक संघका अनुसार झापामा वार्षिक दुई करोड किलोभन्दा बढी चिया उत्पादन भइरहेको छ । उत्पादितमध्ये करिब ६० प्रतिशत चिया भारत निर्यात हुँदै आएको छ । 

प्रकाशित: मंसिर २२, २०७४