अशिष्मालाई अर्को चोट

- नेपाल संवाददाता

अन्तरालबाट अशिष्मा नकर्मीको डेब्यु सुखद मानिएको थियो । व्यावसायिक रुपमा सफल नभए पनि फिल्मले समीक्षात्मक प्रतिक्रिया बटुल्यो । अशिष्माको अभिनयले उस्तै तारिफ पायो । त्यसपछि भने उनलाई आफ्नो साख जोगाउनै हम्मेहम्मे परेको छ । राघव, तोरी लाहुरे, अधकट्टी, बाटोमुनिको फूल २ र संरक्षणले उनमा उमंग भर्न सकेनन् । यी फिल्मले बक्स अफिसमा कमाल त गरेनन् नै, उनकै कामको पनि खुलेर प्रशंसा भएन । यही लहरमा मिसिएको छ, मेला । २४ कात्तिकमा प्रदर्शित यस फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा दर्शकको साथ पाएन । जबकि, फिल्मकी एकल हिरोइन थिइन् उनी । यता, चलेका फिल्म भटाभट फ्लप भइरहेका छन् । उता, आर्यन सिग्देलको अपोजिटमा अभिनय गरेको फिल्म केशरी तीन वर्षदेखि अड्किरहेको छ । पूरा हुने/नहुने पत्तै छैन । भएन त तनावै तनाव !

प्रकाशित: मंसिर १९, २०७४