गुलेली अस्त्र

- जुवाडे जेठो

बेलाबखत सित्तँैमा मनोरञ्जन पाइन्छ । नेताको भाषणकलाबाट मनोरञ्जन लिने बानी परेको मलाई  यसपालि सेनापति राजेन्द्र क्षत्रीबाट नि:शुल्क मनोरञ्जन र प्रेरणासमेत लिने दुर्लभ मौका मिल्यो । सेनापति क्षत्रीले ‘चुनाव बिथोल्ने गरी कसैले शान्ति सुरक्षा खलबल्याउने गतिविधि गरेमा सेना हतियारसहित उत्रिन्छ’ भनेपछि म रोमाञ्चित भएँ । देशको राष्ट्रिय सेना नै हतियारसहित उत्रने भएपछि मजस्ता सचेत नागरिक चुप लागेर बस्न मिलेन । संकटका बेला देशको रक्षाका लागि सबै नागरिक सेना नै भएर देश सेवामा जुट्नुपर्छ भन्ने मान्यता राख्ने मजस्तो मानिसले सेनालाई सघाउने निधो गरेको छु । तर, सघाउने कसरी ? मसँग सेनाको जस्तो हतियार छैन, त्यसैले एउटा जुक्ति आयो– शान्ति सुरक्षा बिथोल्ने र बम पड्काउनेहरुलाई ठेगाउन लगाउन म पनि गुलेली लिएर उत्रन्छु । 

प्रकाशित: मंसिर १५, २०७४