आर्यनको रफ्तार

- नेपाल संवाददाता

नेपाली फिल्मवृत्तमा आर्यन नाम गरेका दुई हिरो छन्, आर्यन सिग्देल र आर्यन अधिकारी । चकलेटी लुक्सका धनी सिग्देल ओरालो लाग्दैछन् भने रोमान्टिक र एक्सन भूमिका रुचाउने अधिकारी एकपछि अर्को फिल्म खेलिरहेका छन् । जबकि, उनको पहिलो फिल्म के म तिम्रो होइन र ! ले न निर्माताको गोजी भर्‍यो, न दर्शकलाई दंग बनायो । तैपनि, उनले प्रियंका कार्कीको अपोजिटमा बटरफ्लाइ, अशिष्मा नकर्मीसँग जस्मिन र नीता ढुंगानासँग करोडपति खेल्न भ्याइसके । तीनै फिल्म प्रदर्शन हुन बाँकी छन् । तर, उनी अर्को फिल्ममा अनुबन्ध भइसकेका छन् । बाँध मायाले नामक यस फिल्ममा उनी पूर्वमिस नेपाल सृष्टि श्रेष्ठसँग जोडी कस्दैछन् । डेब्यु फिल्म हिट नहुँदा अनि अरु फिल्म सम्पादनमै रहँदा पनि लगातार नयाँ फिल्म खेलिरहने आर्यनको काइदाचाहिँ मान्नैपर्छ ।

प्रकाशित: मंसिर १५, २०७४