कहिले होला राहत ?

- नेपाल संवाददाता

छविराज ओझा ब्यानरको लोफरबाट डेब्यु हुँदा रजनी केसीको चर्चा चुलीमा पुग्यो । छवि र रेखा थापाको सम्बन्धमा दरार आएको समय थियो त्यो । त्यसैले उनलाई छवि ब्यानरको ‘नयाँ रेखा’का रुपमा हेर्न थालिएको थियो । लोफरमा आर्यन सिग्देल, दयाहाङ राईजस्ता गिनेचुनेका अभिनेताका साथ देखा परिन् । तैपनि, माखो मरेन । फिल्म न बक्स अफिसमा चम्कियो, न सकारात्मक प्रतिक्रिया नै बटुल्यो, जसको प्रत्यक्ष असर रजनीको करिअरमा परेको छ । छवि ब्यानरमा उनलाई शिल्पा पोखरेलले विस्थापित मात्र गरिनन्, परदेशी र ब्रास्लेट फिल्मले पनि उकास्न सकेनन् । यसरी सफलताको स्वाद चाख्न नपाई किनारा लागेकी हिरोइन रजनीको नयाँ फिल्म पटुकी २१ मंसिरमा प्रदर्शन हुँदैछ । तापनि, उनको मुहारमा मुस्कान नाचेको छैन । कारण, न फिल्ममा उनीबाहेक चिनिएका अरु कलाकार छन्, न फिल्मको पर्याप्त प्रचारप्रसार नै । अनि, परेन त आपत् !

प्रकाशित: मंसिर १०, २०७४