क्रिकेट क्रेज

  • दार्चुलाको खलंगामा सैनिक इलाकाभित्र क्रिकेट खेलिरहेको यो तस्बिरले क्रिकेट खेलप्रति आजका युवाहरुको मोह र समस्या छर्लंग पार्छ ।

- प्रकाशचन्द्र तिमिल्सेना

नेपालमा क्रिकेटको सुरुआत सन् १९२० तिर राणा शासनकालमा भएको मानिन्छ । सन् १९४६ मा नेपालमा क्रिकेट खेलको विकासका लागि क्रिकेट एसोसिएसन अफ नेपालको स्थापना भएको थियो । तर, राणा शासनको अन्त्यपछि मात्र यो खेल सर्वसाधारणमाझ आइपुग्यो । 

पछिल्लो समय क्रिकेटले नेपालको नाम विश्वसामु चिनाएको छ । विभिन्न अप्ठ्याराबीच पनि यो खेल अहिले युवामाझ निकै लोकप्रिय छ । तर, उपयुक्त खेल मैदानको अभावमा यस खेलमा रमाउन चाहने युवापुस्ता समस्यामै छ । दार्चुलाको खलंगामा सैनिक इलाकाभित्र क्रिकेट खेलिरहेको यो तस्बिरले क्रिकेट खेलप्रति आजका युवाहरुको मोह र समस्या छर्लंग पार्छ । 

प्रकाशित: मंसिर ५, २०७४