नयाँ हुन्डाई भर्ना

- नेपाल संवाददाता

हुन्डाई भर्नाको नयाँ संस्करणको कार नेपाली बजारमा आएको छ । हालै नेपालमा लन्च गरिएको भर्नालाई पाँचौँ जेनेरेसनको कार भनिएको छ ।

नयाँ भर्ना विभिन्न ६ कलरमा उपलब्ध हुनेछ, जसको मूल्य ४२ लाख ९६ हजार रुपियाँदेखि सुरु भई ४६ लाख ९६ हजारसम्म पर्छ । तर, नेपालमा भने यो कार पेट्रोल इन्जिनमा मात्रै उपलब्ध हुनेछ । यसमा १६ सय सीसीको इन्जिन प्रयोग भएको छ । यो इन्जिनले बढीमा १ सय २१ ब्रेक हर्सपावर बराबरको शक्ति निकाल्छ । सेडान वर्गको यो कारमा ६ वटा गियर छन् । र, प्रयोगकर्ताले अटोमेटिक वा म्यानुअल ट्रान्समिसनको विकल्पबाट रोज्न सक्नेछन् ।

पर्फर्मेन्समा पनि भर्ना उत्तिकै सशक्त छ । यसको अधिकतम स्पिड १ सय ९६ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरिएको छ । र, यसले लगभग १८ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । अडियो भिडियो नेभिगेसन भएको सात इन्चको टच स्क्रिन, सिट हाइट एडजस्टर, पछाडिको सिटमा आर्म रेस्ट, कप होल्डर आदि नयाँ भर्नामा थपिएका फिचर हुन् ।

प्रकाशित: मंसिर ४, २०७४