सहायकमा सीमित

- नेपाल संवाददाता

रेशम फिलिलीबाट कामेश्वर चौरसिया एकाएक स्टार बने । हास्य प्रधान हरियाको चरित्रबाट कामेश्वरले सबैको मन जिते । फिल्मको शीर्ष भूमिकामा रहेका विनय श्रेष्ठलाई छायामा पारे कामेश्वरले । सोही कारण उनलाई फिल्मको ओइरो लाग्ने अपेक्षा गरिएको थियो । ओइरो त लाग्यो तर सहायक भूमिका मात्र । संरक्षण, लुट २ र फाटेको जुत्तामा उनी हिरोको वरपर घुम्ने चरित्रमा सीमित भए । जबकि, उनीभन्दा पछि ‘ लाइमलाइट’मा आएका विपिन कार्की र नाजीर हुसैन मुख्य भूमिकामा मात्र खेल्न थालेका छन्, पारिश्रमिक पनि उस्तै चर्को लिन्छन् । तर, थिएटर पृष्ठभूमिका कामेश्वर भने सधैँ आसेपासे भूमिकामै दंग । आखिर निर्माता/निर्देशकले प्रमुख भूमिकामा नपत्याएपछि कसको के लाग्छ ? 

 

प्रकाशित: कार्तिक २९, २०७४