संकटमा जुट

- भास्वर ओझा

सप्तकोसी नदी किनारमा जुटका रेशा संकलन गरिरहेका स्थानीय । २० वर्षअघिसम्म विदेशी मुद्रा आर्जन गर्ने विभिन्न स्रोतहरुमध्ये जुट पनि अग्रस्थानमा पथ्र्याे । त्यतिबेला वार्षिक डेढ लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुने जुट अहिले मुस्किलले १६/१७ हजार मेट्रिक टनमा खुम्चिएको छ ।

ठूलो धनराशिको लगानीमा नेपालमा स्थापित जुट मिलहरु अहिले कच्चा पदार्थको अभावमा दयनीय अवस्था झेलिरहेका छन् । कच्चा पदार्थ र व्यवस्थापकीय कमजोरीका कारण नेपालकै अग्रणी उद्योग विराटनगर जुट मिल बन्द भइसकेको छ । झन्डै १७ हजार नेपालीलाई रोजगारी दिलाइरहेका जुटमिलहरु कच्चा पदार्थको अभावमा कुनै पनि समय बन्द हुने अवस्थामा छन् । 

प्रकाशित: कार्तिक २७, २०७४