चलेन जोर

- नेपाल संवाददाता

सिंगल थिएटरमै रमाएको आरोप खेपेपछि अभिनेत्री रेखा थापाले मल्टिप्लेक्समा फड्को मार्ने प्रयास गरिन्, रुद्रप्रियाबाट । बोलचालसमेत बन्द भएका आर्यन सिग्देललाई सात वर्षपछि आफ्नो ब्यानरमा भित्र्याइन् । कुनै समयको हिट जोडी फेरि एकसाथ देखिने भएपछि फिल्मले काफी चर्चा बटुल्यो । कलाकार मात्र होइन, विषयवस्तुका कारण पनि रुद्रप्रियातिर धेरैको नजर तानिएको थियो । एसिड लागेकी युवतीको कथा जो थियो । निर्देशक थिए, मालाबाट तारिफ बटुलेका सुदीप भूपाल बब्बी सिंह । २ कात्तिकमा फिल्म प्रदर्शन भयो । दुर्भाग्य ! सुरुआती दिनबाटै हलमा खडेरी लाग्यो, न सकारात्मक समीक्षात्मक प्रतिक्रिया नै बटुल्यो । रेखा नयाँ दर्शकसम्म त पुग्न सकिनन् नै, आफ्ना नियमित दर्शकलाई समेत रिझाउन असफल भइन् । कतै यो किनारा लागेको संकेत त होइन ? 

किनभने, रुद्रप्रियाअगाडि पनि उनी अभिनीत डायरी र पलास बक्स अफिसमा चुकेका थिए ।

प्रकाशित: कार्तिक २७, २०७४