स्याङयोङको टिभोली

- नेपाल संवाददाता

नेपाली बजारमा स्याङयोङको टिभोली कार भित्रिएको छ । स्याङयोङ दक्षिण कोरियाली मोटर कम्पनी हो । टिभोली एसयूभी वर्गमा पर्ने कार हो । 

यो कारमा थुप्रै आधुनिक फिचर छन् । जस्तै : एन्टिलक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिव्युसन । सातवटा एयर व्याग, डिस्क ब्रेक र डे टाइम रनिङ ल्याप ग्राहकलाई लोभ्याउने यसका अन्य राम्रा फिचर हुन् । यो गाडीमा १६ सय सीसी क्षमताको इन्जिन छ । एसयूभी वर्गमा पर्ने भएका कारण यो सहरी र कच्ची बाटोका लागि पनि उपयुक्त हुन्छ । टिभोलीको अधिकतम स्पिड १ सय ६० देखि १ सय ८० किलोमिटर प्रतिघन्टा रहेको छ । र, यसले एक सय किलोमिटर प्रतिघन्टाको स्पिड मात्रै १३ सेकेन्डमा समात्छ । 

टिभोली किन्न चाहने नेपाली ग्राहकका लागि दुईवटा विकल्प छन् । अटोमेटिक ट्रान्समिसन वा म्यानुअल ट्रान्समिसन । ६ गियरको अटोमेटिक ट्रान्समिसनसहितको टिभोलीको मूल्य ६५ लाख ९९ हजार पर्छ । र, ६ गियरकै म्यानुअल ट्रान्समिसन भएको टिभोली मात्रै ५६ लाख ९९ हजार रूपियाँमा 

किन्न सकिन्छ । 

प्रकाशित: कार्तिक २२, २०७४