किनारामा आर्यन

- नेपाल संवाददाता

यो समयमा अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनियाँ, पल शाहजस्ता चकलेटी लुक्सका हिरोहरुको चकाचक छ ।

अनमोलको पारिश्रमिक ३० लाख रूपियाँ पुगेको छ भने प्रदीप २२ लाख रूपियाँ लिएर लिलीबिलीमा अनुबन्ध भए ।

सलिन र पलको पारिश्रमिक पनि लोभलाग्दो छ तर चकलेटी लुक्सकै कारण ख्याति बटुलेका नायक आर्यन सिग्देललाई भने आफ्नो अस्तित्व जोगाउनै धौ–धौ परेको छ ।

त्यसमाथि रुद्रप्रिया पनि फ्लप भइदियो । सात वर्षपछि रेखा थापासँग स्क्रिन सेयर गरेकाले रुद्रप्रिया प्रतीक्षित बनेको थियो । तर, न फिल्मले पैसा कमायो, न आर्यनको अभिनयले प्रशंसा ।

त्यसभन्दा पीडादायी पक्ष, यतिबेला उनको हातमा कुनै फिल्म छैन । यो आर्यन किनारा लागेकै संकेत होइन र ?

 

प्रकाशित: कार्तिक २२, २०७४