वाट्सएपमा म्यासेज हटाउन सकिने

- नेपाल संवाददाता

भाइबरमा जस्तै वाट्सएपमा पठाइसकेको म्यासेज डिलिट गर्न मिल्दैनथ्यो । यो कमजोरी वाट्सएपका एक अर्ब प्रयोगकर्तालाई मन परेको थिएन । त्यही कारण प्रयोगकर्ताहरु वाट्सएपलाई म्यासेज डिलिट गर्न मिल्ने फिचर थप्न सल्लाह दिन्थे । 

अन्तत: यो फिचर वाट्सएपका प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । यो कुराको जानकारी वाट्सएपले आधिकारिक रुपमै दिएको छ । हाल केही सीमित प्रयोगकर्ताले मात्रै यो फिचर प्रयोग गर्न पाएको बताएका छन् । तर, वाट्सएपका अनुसार यो सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । त्यसैले यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन समय नलाग्ने अनुमान गरिएको छ । 

यो फिचरमा प्रयोगकर्ताले पठाएका म्यासेज आफ्ना लागि मात्रै डिलिट गर्ने कि सबैका लागि गर्ने भनेर विकल्प रोज्न सक्छन् । सबैका लागि डिलिट गरे त्यो म्यासेज पठाउने, पाउनेलगायत त्यस ग्रुपमा रहेका कसैले पनि देख्ने छैनन् । 

 

प्रकाशित: कार्तिक २१, २०७४