सन्ध्यालाई सकस

- नेपाल संवाददाता

ड्रिम्स हिट भए पनि सन्ध्या केसीले जस पाइनन् । कारण, चटनी भूमिकामा सीमित थिइन् । छायाङ्कनको मुखमा सायद २ बाट निक्लनु पर्‍यो । करिअरको सुरुआतमै यस्तो चोट पाएकी सन्ध्यालाई निर्देशक प्रसन्न पौड्यालले साथ थिए, कमलेको बिहेमा खेलाएर । एकातिर पहिलोपटक मुख्य भूमिका पाइन्, अर्कोतिर अनुपविक्रम शाहीसँग अनस्क्रिन रोमान्स । सन्ध्या त फुरुङ्ग । तर, यो उत्साह लामो समय टिक्न सकेन किनभने छायाङ्कन सकिएको वर्ष दिन बितिसक्दा पनि कमलेको बिहेले सिनेमा घरमा प्रवेश पाएको छैन । अर्को फिल्म ह्याप्पी न्यु इयरको प्रदर्शन मिति १४ पुस तोकिएको छ तर यसको टिजर र गीतले युट्युबमा अपेक्षाकृत भ्युज बटुल्न सकेको छैन । जसको असर बक्स अफिसमा देखिने भय हुन्छ । 

 

प्रकाशित: कार्तिक २१, २०७४