अब स्टप मोसन क्यामेरा

- नेपाल संवाददाता

अघिल्लो वर्षसम्म इन्स्टाग्रामलाई स्न्यापच्याटको सिको गरेको आरोप लाग्ने गरेको थियो । किनभने, इन्स्टाग्रामले घोषणा गरेका फिचरहरु धेरैजसो स्न्यापच्याटबाटै कपी गरिएको हुन्थ्यो । तर, अहिले इन्स्टाग्रामको आफ्नै फिचरले प्रयोगकर्ताको मन जितिरहेको छ । 

जस्तै, सुपरजुम फिचर । यो फिचर हालै मात्र इन्स्टाग्रामको आईओएस एपमा आएको हो । सुपरजुम यसअघि नै इन्स्टाग्रामले ल्याएको बुमर्‍याङजस्तै फिचर हो । तर, यसमा प्रयोगकर्ताले सुपरजुम गरेर रोचक भिडियो बनाउन सक्छन् । 

अहिले फेरि इन्स्टाग्रामले अर्को फिचरको तयारी गर्दैछ, स्टप मोसन क्यामेरा । यस फिचरबाट लगातार फिटो खिचेर ती सबैलाई जोडेर एउटा जीआईएफ इमेज बनाउन सकिनेछ । सुन्नमा आए अनुसार ती फोटोहरुलाई एक–एक गरेर सम्पादन गर्न मिल्दैन । तर, यी फोटोलाई जोडेर जीआईएफ बनाइसकेपछि त्यसमा टेक्स्ट वा स्टिकर राख्न भने मिल्छ ।

 

प्रकाशित: कार्तिक २०, २०७४