पर्खाइ दुई फिल्मको

- नेपाल संवाददाता

निशा अधिकारीका दुई फिल्म एक साताको अन्तरमा प्रदर्शन हुँदैछन् । रोमियो २४ कात्तिकमा अनि झ्यानाकुटी १ मंसिरमा । रोमियोमा निशाको लिड रोल छ भने झ्यानाकुटीमा लगानी । यी दुवै फिल्म निशाका लागि अर्थपूर्ण छन् किनभने रोमियोबाट उनले खस्केको अभिनय करिअर उकास्नुपर्ने चुनौती छ भने निर्मात्रीका रुपमा टिकिरहन झ्यानाकुटी हिट हुनुको विकल्प छैन । सोही कारण प्रदर्शन मिति नजिकिँदै गर्दा निशा उत्साही हुनुपर्ने हो तर त्यस्तो सुखद माहौल सिर्जना भएको छैन । कारण, दुवै फिल्मले पर्याप्त प्रचारप्रसार पाएका छैनन् । न त ट्रेलर र गीतले युट्युबमा कमाल देखाए । अनि, निशालाई तनाव नपरोस् पनि कसरी ! आखिर विवाहपछि प्रदर्शन हुन लागेका फिल्म पनि त हुन् यी । 

 

प्रकाशित: कार्तिक २०, २०७४