साम्राज्ञी विडम्बना !

- नेपाल संवाददाता

साम्राज्ञीराज्यलक्ष्मी शाह अभिनीत ड्रिम्स र ए मेरो हजुर २ बक्स अफिसमा हिट भइसकेका छन् । हिटको ‘ह्याट्रिक’ गर्ने दाउमा छिन् उनी । उनका तीन फिल्म प्रदर्शन हुन बाँकी छन् । दुर्भाग्य ! तीनै फिल्म कहिले रिलिज हुने हो, टुंगो छैन । जस्तो, मंगलम गत दसैँमा आउने भनिएको थियो, अन्तिम समयमा छक्का–पञ्जा २ का सामु हार खायो । प्रदर्शनै भएन । ए मेरो हजुर २ भन्दा अगाडि रिलिज हुने भनिएको तिमीसँगको बल्ल सुटिङ सकिएको छ, पोस्ट–प्रोडक्सनको काम बाँकी छ । त्यस्तै, अर्को प्रतीक्षित फिल्म इन्टु मिन्ट लन्डनमाको त छायाङ्कन नै सकिएको छैन । साम्राज्ञी स्वयम्लाई बेलायतले भिसा नदिएकाले फिल्म अड्किएको हो । 

यस्तो अवस्थामा न नयाँ फिल्ममा अनुबन्ध हुनु, न ती फिल्म पर्खनू ? कस्तो विडम्बना !

 

प्रकाशित: कार्तिक १९, २०७४