सशंकित सारा

- नेपाल संवाददाता

डेब्यु फिल्म रुद्रमा निखिल उप्रेतीसँग काम गर्न पाउँदा मक्ख थिइन्, सारा शिर्पाली । निखिलसँगको अनस्क्रिन रोमान्सले आफूलाई स्थापित गर्ने आशा जो थियो । दुर्भाग्य ! रुद्रले न निर्मातालाई खुसी बनायो, न त सारालाई । अर्थात्, पहिलो फिल्मबाटै चम्कने साराको सपना तुहियो । तर, खुसीको कुराचाहिँ निखिलले उनको साथ छोडेनन् । पिंजडा ब्याक अगेनमा फेरि खेलाए । निखिलको पहिलो फिल्म पिंजडाको सिक्वेल हुनुको नाताले पनि यो फिल्म प्रतीक्षित बनेको छ । त्यसमाथि ‘कु कु कु...’ गीतले युट्युबमा एक सातामा झन्डै तीन लाख भ्युज पायो । ४ माघमा प्रदर्शन हुने यस फिल्मले बिस्तारै चर्चा त बटुलिरहेको छ । तैपनि, सारा सशंकित छिन् । कारण, पिंजडा ब्याक अगेनबाहेक उनको हातमा अरु फिल्म छैन । रुद्रको नियति दोहोरिए किनारा लाग्नुको विकल्प सायदै रहला पनि । 

 

प्रकाशित: कार्तिक १६, २०७४