इन्स्टाग्राममा लाइभ विथ फ्रेन्ड

- नेपाल संवाददाता

इन्स्टाग्राममा फेरि एउटा रोचक फिचर थपिएको छ, लाइभ विथ प्रेmन्ड । यो फिचर अन्तर्गत प्रयोगकर्ताले लाइभ भिडियो खिच्दा अन्य प्रयोगकर्तालाई उक्त भिडियोमा आमन्त्रण गर्न सक्नेछन् । यसरी एउटै लाइभ भिडियोमा दुई जना जोडिन सक्छन् । र, लाइभ भिडियो सुरु गर्नेलाई फलो गर्ने सबैले त्यस भिडियोमा दुवैलाई देख्न सक्नेछन् । हालका लागि लाइभ विथ फ्रेन्डमा मात्रै एक जनालाई जोड्न सकिन्छ । 

यो सुरु गर्नका लागि प्रयोगकर्ताले अरु बेला जस्तै गरी लाइभ भिडियोमा जानुपर्छ । यसका लागि बायाँतिरको माथि भएको क्यामेरा आइकनमा ट्याप गर्ने वा स्क्रिनको जुनसुकै भागबाट दायाँतिर स्वाइप गर्ने । त्यहाँ लाइभ अप्सनमा गएर पहिला लाइभ भिडियो सुरु गर्नुपर्छ । लाइभ भिडियो सुरु भएपछि दुईवटा स्माइली भएको नयाँ आइकन देखिन्छ । त्यहीँबाट प्रयोगकर्ताले आफूले चाहेको व्यक्तिलाई आमन्त्रण गर्न सक्छन् । र, चाहेका बेला त्यो व्यक्तिलाई लाइभ भिडियोबाट हटाउन पनि मिल्छ । 

 

प्रकाशित: कार्तिक १४, २०७४