फ्लपको लहर

- नेपाल संवाददाता

फिल्म रिलिज हुने बेला कलाकारलाई प्रचारप्रसारको चटारो हुनुपर्ने हो । तर, रानी प्रदर्शनको मुखैमा मलिना जोशी अमेरिका लागिन् । २ कात्तिकमा फिल्म रिलिज भयो, मलिना त्यसको अघिल्लो साता नै अमेरिका पुगिन् । नेपाल छँदा पनि प्रमोसनमा उनको सक्रियता देखिएको थिएन । जबकि, तीन हिरोको एक्ली हिरोइन थिइन् उनी । अझ विडम्बनाचाहिँ, हिरोइनले नै हेला गरेको यो फिल्म बक्स अफिसमा पनि फिक्का साबित भयो । लक्ष्मीपूजाको दिनमा प्रदर्शन भए पनि निर्माताले अपेक्षाकृत लक्ष्मी पाएनन् । न सुखद प्रतिक्रिया नै । तर, यो असफलताको असर सबैभन्दा धेरै मलिनाकै करिअरमा पर्ने पक्का छ । यसअघि उनी अभिनीत तीन फिल्म संरक्षण, झुम्की र द विनर फ्लप जो भइसकेका छन् । 

 

प्रकाशित: कार्तिक १४, २०७४