अनौठो दाइजो

- मैत्या घर्ती मगर

रुकुमको तकसेरामा विवाहपछि गरिने कर्म अनौठा छन् । यहाँ विवाह हुँदा दाइजो दिने चलन छैन । जब विवाहित जोडीबाट जन्मिएका बच्चा ठूला हुन्छन्, तब मात्र शुभमुहूर्त हेरेर छोरी–ज्वाइँ र नाति–नातिनीलाई दाइजो दिएर बिदा गरिन्छ । यसरी छोरी–ज्वाइँलाई घरमा बोलाएर बिदा गर्दा नोटका माला पहिर्‍याउने चलन छ । यस्तो माला पहिरिएकाहरुलाई अघिअघि लगाएर दाइजो बोकेकाहरु लामबद्ध भई छोरीको घरसम्म पुगेर फर्किन्छन् । यो सबै चााजोपााजो छोरीको माइती पक्षले नै मिलाउनुपर्छ । 

प्रकाशित: कार्तिक १, २०७४