मन्त्रीप्रधान देश

- सूर्जे नेवा:

हाम्रो देश केही वर्षअघिसम्म कृषिप्रधान थियो । जताततै खेतैखेत थिए । राजधानीमै मुरीका मुरी धान उब्जनी हुन्थ्यो । अहिले परिवेश बदलिएको छ । राजधानीमा खेत खोज्नुपर्छ । हिँड्दा मानिसहरुसँग ठोकिएला भनेर जोगिनुपर्छ । मानिस त बढे–बढे, नेताको संख्या पनि ह्वात्तै बढेको छ । नेताको त के कुरा, गल्ली–गल्लीमा मन्त्रीहरु भेटिन थालेका छन् । यता मन्त्री, उता मन्त्री, जताततै मन्त्री नै मन्त्री । यसरी मन्त्री र नेताहरुको संख्या बढ्दै जानु भनेको सुखद हो । त्यसैले अब ढिलो नगरौँ  । सबै एक भएर मन्त्रीहरुको संख्या बढाउन दिलोज्यानका साथ लागौँ । यिनीहरुको संख्या यसरी बढाऔं कि हामी मन्त्रीहरुलाई छिमेकी मुलुकमा निकासी पनि गर्न सकौँ । आउँm, विलम्ब नगरौँ, आजैदेखि मन्त्री र नेता बनाउने कार्यमा यसरी जुटौँ कि छिट्टै देशलाई कृषिप्रधानबाट मन्त्रीप्रधान देश बनाऔँ ! 

प्रकाशित: आश्विन ३०, २०७४