सिरी अब पर्सनल थेरापिस्ट

- नेपाल संवाददाता

एप्पलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स एप सिरीलाई प्रयोगकर्ताका व्यक्तिगत समस्यामा पनि राम्रो साथ दिने एप बनाउन लागेको छ । डिप्रेसन भएका प्रयोगकर्ता वा निकै तनावमा रहेकालाई एप्पलले सिरीमार्फत उचित सल्लाह दिने पर्सनल थेरापिस्ट बनाउने इच्छा राखेको छ । 

यसै प्रोजेक्टका लागि भनेर एप्पलले हालै प्रोग्रामरको आवेदन माग गरेको छ । एप्पलको यो योजनामा जोडिन चाहने प्रोग्रामर मनोविज्ञान र व्यक्तिगत परामर्शमा दक्खल राख्ने खालको हुनुपर्नेछ । सिरीले ऊसाग प्रयोगकर्ताले गर्ने कुराकानीका आधारमा उनीहरुलाई डिप्रेसन भएको वा कुनै व्यक्तिगत समस्यामा रहेको पत्ता लगाउन सक्नेछ । र, यसै आधारमा कुराकानीकै क्रममा त्यस्ता प्रयोगकर्तालाई उचित परामर्श दिएर थप डिप्रेसनबाट जोगाउन सहयोग गर्नेछ । 

 

प्रकाशित: आश्विन २६, २०७४