दंग दीपिका

- नेपाल संवाददाता

गिनेचुनेकी र नयाँ हिरोइनमध्ये निर्माण युनिटले पक्का पनि पुरानै हिरोइनलाई प्राथमिकता दिन्छ प्रचारप्रसारमा । किनभने, दर्शकमाझ फिल्म ‘ मार्क’ गराउन सहज हुन्छ । तर, ऐश्वर्यको हकमा ठ्याक्कै उल्टो भइरहेको छ । दिवाकर भट्टराई निर्देशित यस फिल्ममा केकी अधिकारी र दीपिका प्रसार्इंको अभिनय छ । हिट हिरोइन हुनुको नाताले प्रमोसनमा केकी अग्रभागमा हुनुपर्ने हो तर दीपिकाको एकछत्र राज छ– पोस्टर, टिजरदेखि गीतसम्म । प्रेस मिटमा समेत दीपिकाकै वर्चस्व हुने गर्छ । अहिलेसम्म केकीलाई पूरापूर गुपचुप राखिएको छ । पहिलो फिल्ममै यस्तो गज्जबको ‘ब्रान्डिङ’ भएपछि दंग छिन् दीपिका । तर, रिलिजपछि पनि दीपिकाकै पल्ला भारी होला त ? फिल्म ९ कात्तिकमा प्रदर्शन हुँदैछ । 

प्रकाशित: आश्विन २६, २०७४