पल्सरको एनएस २००

- नेपाल संवाददाता

नेपालमा अहिले पल्सरको एनएस २०० बाइकले राम्रो बजार लिइरहेको छ । हालै सम्पन्न भएको नाडा अटो सोमा पनि यो बाइक आकर्षणको केन्द्रविन्दु थियो । 

दुई सय सीसीको इन्जिनमा चल्ने यो बाइकले अधिकतम २३.५२ ब्रेक हर्सपावरको शक्ति निकाल्छ । यो बाइकमा ६ गियर छन् । र, यसका दुवै पाङ्ग्रामा डिस्क ब्रेक छ । १२ लिटर क्षमताको फ्युल ट्यांक भएको यो बाइकले औसतमा ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । दस सेकेन्डमै एक सय किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने एसएस २०० बढीमा १ सय ३६ किलोमिटर प्रतिघन्टाको स्पीडमा कुद्न सक्ने बताइएको छ । नेपालमा यो बाइकको मूल्य २ लाख ९२ हजार रुपियाँ छ । 

प्रकाशित: आश्विन २५, २०७४