गुगलको पेमेन्ट एप

- नेपाल संवाददाता

गुगलले भारतमा नयाँ  पेमेन्ट एप सुरु गरेको छ । तेज नाम गरेको यो एप गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो एप भारत सरकारले लागू गरेको युनिफाइड पेमेन्ट इन्टरफेसमा आधारित छ ।

भारतमा बोलिने मुख्य सात भाषामा चलाउन सकिने तेज एपबाट प्रयोगकर्ताले पैसा पठाउने, पाउनेलगायत थुप्रै कारोबार गर्न सक्छन् । आफ्नो बैंक खातालाई यो एपसाग लिंक गरेपछि प्रयोगकर्ताले अन्य थुप्रै बैंकिङ कारोबार पनि गर्न सक्छन् । बैंक खातासँग नजोडी कारोबार गर्नका लागि क्यास मोड फिचर पनि यसमा छ । यो एपलाई भारतमा थुप्रै बैंकले पनि साथ दिएका छन् । भारत सरकारले पनि यो एपबाट क्यासलेस कारोबार बढाउनका लागि सहयोग हुने बताएको छ ।

 

प्रकाशित: आश्विन २४, २०७४