पुनर्कम्युनिस्ट भव:

- छुल्याहा गुरु

बिरालोले खेदेर हैरान पारेपछि एउटा मुसाले आफ्नो मालिक जोगीसँग बिरालो बनाइदिन आग्रह गरेछ । जोगीको शक्तिले तत्कालै ऊ बिरालो बनेछ । तैपनि, समस्या टरेन, बिरालो बनेको मुसालाई टोलभरिका कुकुरले आक्रमण गर्न खोजेपछि भागेर फेरि जोगीसित आफूलाई कुकुर बनाइदिन भनेछ । जोगीले तथास्तु भनेपछि ऊ कुकुर भइहाल्यो । फेरि उसलाई बाघले आक्रमण गर्न खोजेपछि भागेर जोगीसित बाघ बनिपाउँm भनी माग्यो । बाघ के बनेथ्यो, उसले जोगीलाई नै झम्टन खोज्यो र जोगीले हत्तपत्त पुनर्मुसिको भव: भनेर मन्त्र फुकेपछि पुन: मुसामा परिणत भइहाल्यो । 

पुराणको कथा फेरि दोहोरिएको छ । पार्टीभित्र प्रचण्डको ‘ज्यादती’ सहन नसकेपछि कमरेड बाबुराम भट्टराईले माओवादको सिद्धान्त त्याग्दै भीष्मप्रतीज्ञा गरे, ‘अब कुनै पनि हालतमा प्रचण्डसित मिलाप हुने छैन ।’ त्यसैले कम्युनिज्मको नीति–नियमबाट चोखो, विशुद्ध नयाँ पार्टी, नयाँ शक्ति खोले । तर, उनको माकफुइँ एक वर्ष पनि टिकेन । उनको हालत उही बाघको अनुहार भएको मुसाको जस्तै पो भयो । दायाँबायाँ कसैले नगनेपछि उनले मनमनै कामना गरे र कहाँबाट हो कुन्नि, ‘पुनर्कम्युनिस्ट भव:’ भन्ने आवाज आएलगत्तै प्रचण्डशक्ति र ओलीशक्तिमा बाबुरामशक्ति विलय भएछ ।

प्रकाशित: आश्विन २४, २०७४