बाघ गर्जन

- शब्द/तस्बिर : सागर गिरी

बर्दिया राष्ट्रिय निकुञ्जमा एक–आपसमा गर्जिरहेका यस्ता पाटे बाघको संख्या ६२ पुगेको अनुमान छ । निकुञ्जले आन्तरिक जानकारीका लागि सन् २०१५ मा गरेको अनुगमनमा ५६ वटा वयस्क पाटे बाघ रहेकामा सन् २०१६ मा त्यो संख्या बढेर ६२ पुगेको अनुमान गरेको थियो ।

संरक्षणका कारण नेपालमा बाघको संख्या बर्सेनि बढिरहेको छ । पाटे बाघको तौल भालेको १ सय ८० देखि २ सय ८० किलोसम्म र पोथीको १ सय १५ देखि १ सय ८५ किलोसम्म हुन्छ । पाटे बाघ सामान्यतया २० वर्षसम्म बाँच्छ । 

ज्ञातव्य रहोस्, चोरीसिकार, वासस्थान विनाश र आहाराको कमीका कारण पाटे बाघ संसारबाट लोप हुने अवस्थामा पुगेका छन् । 

 

प्रकाशित: आश्विन २३, २०७४