कलर्सको स्मार्टफोन लन्च

- नेपाल संवाददाता

नेपालमा कलर्सको नयाा स्मार्ट फोन पी ८५ प्लस लन्च भएको छ । यो स्मार्टफोनको मुख्य विशेषता भनेको यसको क्यामेरा नै हो । 

यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा छ । जसबाट राम्रो गुणस्तरमा फोटो/भीडियो लिन सकिन्छ । सेल्फीका लागि यसमा आठ मेगापिक्सेलको क्यामेरा छ । यसका रियर र सेल्फी दुवै क्यामेराका लागि छुट्टै एलईडी फ्ल्यास लाइट पनि छ । यो स्मार्टफोन दुई जीबी र्‍याम र १६ जीबी स्टोरेज क्षमतामा आउाछ, जसको मूल्य १५ हजार रुपियाँ छ । 

एन्ड्रोइडको नुगट अपरेटिङ सिस्टम, फिङ्गर प्रिन्ट सेन्सर र तीन हजार एमएएच क्षमताको ब्याट्री यसका अन्य राम्रा फिचर हुन् ।

प्रकाशित: आश्विन २३, २०७४