बाह्रसिंगे बथान

  • शुक्लाफाँटामा मात्र दुई हजारभन्दा बढी बाह्रसिंगे रहेकामा हालै केहीलाई बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा समेत स्थानान्तरण गरिएको छ ।

- भास्वर ओझा

झरी परेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विचरण गर्दै गरेका बाह्रसिंगे । सिकार आरक्षका रुपमा स्थापना हुँदा शुक्लाफाँटामा यी चौपाया सिकारीको मुख्य निसानामा पर्थे । वन्यजन्तु आरक्षको स्तरोन्नतिपछि अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएको हो । बाह्रसिंगे संरक्षणले ठूलो फड्को मारेसँगै घाँसे मैदानमा देखिने यिनै चौपायालाई हेर्न पयर्टकहरुको भीड लाग्ने गर्छ ।

शुक्लाफाँटामा मात्र दुई हजारभन्दा बढी बाह्रसिंगे रहेकामा हालै केहीलाई बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा समेत स्थानान्तरण गरिएको छ । भारतको उत्तर प्रदेशसँग यस निकुञ्जको सीमा जोडिएको छ । हालैको डुबानमा ठूलो संख्यामा यिनीहरुको हताहत भएको थियो । बाढीमा परी घाइते भएका जंगली जनावरहरुको उद्दारमा अहिले संरक्षणकर्मीहरु जोडतोडका साथ जुटिरहेका छन् । 

प्रकाशित: आश्विन ४, २०७४