मलिनालाई मुस्किल

- नेपाल संवाददाता

ऋतुबाट डेब्यु गर्दा मलिना जोशीको खुसीले पहाड चुमेको थियो । पूर्वमिस नेपालको साख जो थियो, त्यसमाथि राजबल्लभ कोइरालासँग ‘स्क्रिन सेयर’ गर्ने मौका पाएकी थिइन् । तर, न ऋतुले मलिनालाई सफलताको स्वाद चखायो, न त त्यसपछिका फिल्मले नै । पछिल्लोपटक झुम्की, द विनर र संरक्षणबाट फ्लप फिल्ममा ‘ह्याट्रिक’ नै भयो । हामीकहाँ एउटै फिल्म बक्स अफिसमा चिप्लिँदा किनारा लाग्ने हिरोइनको हुल छ । 

धन्न ! मलिना अझसम्म पाखा परेकी छैनन् । यही मेसोमा उनको नयाँ फिल्म रिलिज भएको छ, लीला । तैपनि, मलिनाको मुहारमा मुस्कान नाचेको छैन, कारण एकातिर फिल्म पर्याप्त प्रचारप्रसारबिनै हलमा लाग्यो, अर्कोतिर जोनी जेन्टलम्यानसँग जुध्नुपरेको छ । बिचरी ! 

 

प्रकाशित: आश्विन ४, २०७४