बल्ल सान्त्वना

- नेपाल संवाददाता

बाल–कलाकारका रुपमा त सलोन बस्नेतले दर्जनभन्दा धेरै फिल्मबाट वाहवाही बटुले तर जब हिरोका रुपमा देखापर्न थाले, एक त फिल्म हिट हुन्न, भइहाले पनि जस भने पाउँदैनन् । जस्तो : पहिलो फिल्म होस्टेल सफल भयो तर अनमोल केसीको मात्र चर्चा भयो । गाजलुको हकमा पनि अनमोल नै अगाडि आए । आभास र लभसबको व्यापार त औसतमुनि थियो । त्यसैले फिल्ममा सलोनको भविष्यलाई लिएर विभिन्न टीका–टिप्पणी सुनिन थालेको थियो । यस्तो मर्कामा रहेका यी अभिनेतालाई ढिलै सही, ए मेरो हजुर २ ले राहत दिएको छ । उनको हास्यप्रधान चरित्रलाई दर्शकले औधी रुचाए । कतिसम्म भने साम्राज्ञीराज्यलक्ष्मी शाह र सलिनमान बानियाँको छायाँ परेन । उनको बढ्दो लोकप्रियता देखेरै हुनुपर्छ, सुदर्शन थापाले आफ्नो दुई नयाँ प्रोजेक्टमा सलोनलाई काम गराउने घोषणा गरेका छन् । तर, सलोन सहायक भूमिकामा सीमित हुनेछन् कि मुख्य भूमिकामै देखा पर्नेछन्, हेर्न बाँकी छ । ध

 

प्रकाशित: आश्विन ३, २०७४