अब रंगीन कमेन्ट

- नेपाल संवाददाता

फेसबुकले गत डिसेम्बर महिनाबाट रंगीन पृष्ठभूमिमा स्ट्याटस लेख्न मिल्ने फिचर ल्याएको थियो । यस फिचरका लागि फेसबुकले प्रयोगकर्ताबाट रामै्र प्रतिक्रिया पनि पाइरहेको छ । अब फेसबुकले कमेन्ट पनि रंगीन पृष्ठभूमिमा गर्न मिल्ने फिचरको परीक्षण सुरु गरेको छ । 

हालसम्म प्रयोगकर्ताले गरेका हरेक कमेन्ट सेतो पृष्ठभूमिमा देखिन्छन् । तर, यो फिचर आएपछि प्रयोगकर्ताले अरुका स्ट्याटस, फोटो वा भिडियो कमेन्टका लागि पृष्ठभूमिको रंग छान्न पाउनेछन् । स्ट्याटस लेख्दा जस्तै गरी कमेन्टका लागि पनि प्रयोगकर्ताले पहिला कमेन्ट लेखेर त्यहाँ उपलब्ध भएका कलरबाट त्यसको पृष्ठभूमि छान्न सक्नेछन् । हाल केही सीमित प्रयोगकर्ताले मात्रै यो फिचरको अनुभव गरेको बताइएको छ । पहिला यो फिचर फेसबुकको एन्ड्रोइड र आईओएस एपमा आउने अनुमान छ । एपमा आइसकेपछि मात्रै वेब भर्सनमा पनि यो फिचर विस्तार हुनेछ । 

 

प्रकाशित: आश्विन १, २०७४