संकटमा करिअर

- नेपाल संवाददाता

शिल्पा पोखरेलको फिल्मी यात्रा सुरू भएको चार वर्ष बित्नै लाग्यो । यद्यपि, नबल नेपाल निर्देशित लज्जाबाट हिरोइन बनेकी शिल्पाको करिअरले अझ रफ्तार लिन सकेको छैन । मल्टिप्लेक्सले त उनलाई पत्याएकै छैन, सिंगल थिएटरमा बनेको धेरथोर क्रेज पनि ओरालो लाग्दैछ । जस्तो : उनी अभिनीत मंगलम् ११ असोजमा रिलिज हुने हल्ला पिटाइयो । शिल्पाले समेत दिनमा १० पटक फेसबुकमा मंगलम्का प्रचार सामग्री अपलोड गर्थिन् तर अन्तिम समयमा फिल्म ४ फागुनमा सरेको छ । ११ असोजमा प्रदर्शन हुने अर्को फिल्म छक्का–पञ्जा २ का निर्माता दीपकराज गिरीले मंगलम्लाई पछाडि धकेलिदिएका हुन् । यसबीचमा शिल्पा अभिनीत अरु फिल्म प्रदर्शन हुने सम्भावना छैन । भदौ पहिलो साता उनको हामी शरणार्थीले बक्स अफिसमा पानी पिउन पाएको थिएन । छविराज ओझाबाहेक चलेका अन्य ब्यानरले उनलाई खेलाउन आनाकानी गर्छन् । करिअर संकटमा परेको संकेत होइन त यो ? 

 

प्रकाशित: आश्विन १, २०७४