यूट्युब लाइभ भिडियोमा अपडेट

- नेपाल संवाददाता

लाइभ भिडियोका लागि यूट्युब सबैभन्दा प्रभावकारी सोसल मिडिया मानिन्छ । यूट्युबले अब लाइभ भिडियो स्ट्रिमिङलाई झनै सरल बनाउन लागेको छ । अब आउन लागेको अपडेटबाट प्रयोगकर्ताले सरल तरिकाबाट लाइभ भिडियो अपलोड गर्न सक्नेछन् । तर, यो अपडेट अहिलेका लागि यूट्युबको आईओएस एपमा मात्रै उपलब्ध हुनेछ । 

नयाँ अपडेट अनुसार भिडियो स्ट्रिम गर्नेले हिडन ब्लक लिस्ट बनाउन सक्नेछन् । यो ब्लक लिस्टमा रहेका प्रयोगकर्ताले उक्त लाइभ भिडियोमा कुनै कमेन्ट गर्न सक्ने छैनन् । त्यस्तै प्रयोगकर्ताले लाइभ भिडियोमा आएका कमेन्ट पढेर भेरिफाइ गर्ने सुविधा पनि पाउनेछन् । र, भेरिफाइ भइसकेपछि मात्रै त्यो कमेन्ट पोस्ट हुनेछ । 

अब लाइभ भिडियो बनाउनेले भिडियोसँगै कमेन्ट्री पनि दिन सक्नेछन् । यसका लागि आइफोन वा आइप्याडको माइक्रोफोन र फ्रन्ट क्यामेरा प्रयोग गर्न मिल्छ । लाइभ भिडियोमा कमेन्ट्री फिचर अन्य कुनै सोसल मिडियामा आइसकेको छैन । 

 

प्रकाशित: भाद्र २९, २०७४