सुगठित सुन्दरी

  • पहिले–पहिले पुरुषहरुको मात्र सहभागिता रहने यस खेलमा अहिले महिलाको पनि उल्लेख्य सहभागिता छ ।

- नरेन्द्र श्रेष्ठ

अभ्यासमा तल्लीन शारीरिक सुगठनकी नेपाली खेलाडी सन्ध्या श्रेष्ठ । पहिले–पहिले पुरुषहरुको मात्र सहभागिता रहने यस खेलमा अहिले महिलाको पनि उल्लेख्य सहभागिता छ । अझ केही महिला खेलाडीले त अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सफल भएका छन् ।

‘स्वस्थ शरीर का लागि व्यायाम’ नारा दिएर युवाहरुलाई  व्यायाम गर्ने/गराउने उद्देश्यले द्वारिकादास श्रेष्ठ र लोकविलास बज्राचार्यको सक्रियतामा विसं २०१० मा युवक संगठन स्थापना भएपछि नेपालमा शारीरिक व्यायाम औपचारिक रुपमा अस्तित्वमा आयो । खानपान, व्यायाम र आरामको नियमलाई कडा रुपमा आत्मसात् गर्ने हुँदा शारीरिक सुगठन अनुशासित र मर्यादित खेलका रुपमा चिनिन्छ । 

प्रकाशित: भाद्र २९, २०७४