घातक ब्लु ह्वेल

- नेपाल संवाददाता

इन्टरनेटमा अहिले ब्लु ह्वेल नामको गेमले तहल्का मच्चाउँदैछ । किशोर अवस्थामा रहेका केटोकटीले यो गेम बढी खेल्ने गरेको पाइएको छ । तर, यो गेम रमाइलो नभएर निकै घातक बनिरहेको छ । किनभने, यसमा प्रत्येक चरणमा एउटा काम पूरा गर्न दिइन्छ र त्यो काम आफैँलाई भौतिक क्षति पुर्‍याउने खालको पनि हुन सक्छ । 

डिप्रेसनमा परेका युवाहरुले पनि यो गेम खेल्ने गरेको पाइएको छ । छिमेकी देश भारतमा यही गेमका कारण थुप्रै अप्रिय घटना भएका समाचार आएका छन् । त्यही कारण भारतमा यसलाई प्रतिबन्ध गरी अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधिमा ध्यान दिन अनुरोध गरिएको छ । भारतमा यो गेम खेल्ने किशोर–किशोरीले आफ्नो हात काट्ने, छतमाथिबाट कुद्नेदेखि आत्महत्या गर्ने गरेको खुल्न आएको छ । 

 

प्रकाशित: भाद्र २८, २०७४