छायाँमा ऋचा

- नेपाल संवाददाता

करिअर ओरालो लागिरहेकै थियो तैपनि जेठ अन्तिम साता आधा लभ प्रदर्शन हुँदा ऋचा शर्मा दंग थिइन् । कारण, यस फिल्ममा उनको अभिनय मात्रै थिएन, लगानी पनि थियो । प्रेमलाई नवीन ढंगबाट देखाउन खोजिएको यस फिल्मलाई निर्देशन गरेका थिए, शर्मा निकट मानिने अभिनेता अर्पण थापाले । सोही कारण फिल्म प्रतीक्षित सूचीमा दरिएको थियो तर बक्स अफिसमा त चिप्लियो नै, सकारात्मक समीक्षासमेत बटुल्न सकेन । ऋचाको हकमा जंगे र बाटोमुनिको फूल २ को असफलताको घाउमा आधा लभले नुनचूक छर्कने काम गर्‍यो । त्यसमाथि यही समयमा साम्राज्ञीराज्यलक्ष्मी शाह मार्काका नयाँ हिरोइनको बोलबाला बढेको छ । अनि, ऋचालाई फिल्म खेलाउने कसले ? यतिबेला उनी अर्पणसँगकै सहकार्यमा नयाँ फिल्म निर्माणको तयारीमा जुटेकी छन् । 

 

प्रकाशित: भाद्र २८, २०७४