एमआई सिक्सको अर्को भेरिएन्ट

- नेपाल संवाददाता

स्याओमीका स्मार्टफोनले नेपालमा अहिले निकै राम्रो बजार पाउन थालेका छन् । हालै नेपालमा लन्च भएको स्याओमीको एमआई सिक्स स्मार्टफोनको अर्को भेरिएन्ट पनि लन्च भएको छ । नयाँ आएको भेरिएन्ट १ सय २८ जीबी इन्टरनल स्टोरेज क्षमताको छ । यसअघि आएको भेरिएन्टमा मात्रै ६४ जीबी मेमोरी क्षमता थियो । र, यसमा यसअघिको भेरिएन्टमा जस्तै ६ जीबी क्षमताको र्‍याम छ । 

आन्तरिक स्टोरेज क्षमता फरक भए पनि बाँकी फिचर भने सबै उस्तै छन् । एमआई सिक्समा दुईवटा १२ मेगापिक्सेलका रियर क्यामेरा छन् । डुअल रियर क्यामेरा भएका कारण एमआई सिक्सबाट राम्रो गुणस्तरको फोटो र भिडियो लिन सकिन्छ । यसमा सेल्फीका लागि पनि छुट्टै आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । 

प्रकाशित: भाद्र २७, २०७४